Admission Open

ad place

उपकरण बिग्रँदा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर / हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिदाँ सिमेन्ट उत्पादन गर्ने क्लिङ्करको उत्पादन अवरुद्ध भएको छ ।

आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायबमहापबन्धक नवीनकुमार कर्णले बताए ।

उनले उद्योगमा अहिले पर्याप्त कोइला र चुनढ्ङ्गा जगेडामा राखिएको जानकारी दिए ।अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...