काठमाडौँ, २६ भदौ / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित एमालेको पार्टी केन्द्रीय कार्यालय बैठक सुरु भएको हो ।
नेकपा एमालेको उपाध्यक्ष÷ संसदीय दलको उपनेता तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि नेकपा एमालेले बैठक बोलाएको हो ।
बैठकमा सुवास नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । नेम्वाङको गए राति १ बजे ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।