Admission Open

ad place

नेपाल एयरलाइन्सले मंगरबारदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान गर्दै

काठमाडौँ, १० भदौ / नेपाल एयरलाइन्सले मंगरबारदेखि भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ ।

निगमले काठमाडौलाई ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्न लागेको हो । हाल निगमले मलेसिया—भैरहवा उडान गर्दै आइरहेको छ । निगमले प्रत्येक मंगलबार भैरहवाबाट हङकङ र दिल्ली उडान गर्नेछ ।

निगमले हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । उक्त उडान भदौ १२ गतेदेखि उडान सुरु हुनेछ ।

“मंगलबार बिहान ८ः३० बजे भैरहवाबाट उडेको जहाज काठमाडौंमा ९ बजे अवतरण हुनेछ,” उनले बाह्रखरीसँग भने, “त्यसपछि हङकङ जाने यात्रु हङकङ जाने फ्लाइटमा चढ्नेछन् भने दिल्ली जाने यात्रु दिल्लीको फ्लाइटमा जानेछन् ।”

अहिले निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा उडान गर्दै आइरहेको छ ।

निगमको न्यारोबडी जहाज सोमबार काठमाडौंबाट मलेसिया जान्छ । उक्त जहाज मंगलबार मलेसियाबाट भैरहवामा ल्यान्ड हुन्छ ।

मलेसियाबाट आएका यात्रुलाई भैरहवामा अवतरण गराएपछि भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई लिएर जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्छ । यहाँबाट हङकङ र दिल्लीको निगमकै उडानमा यात्रुलाई पठाइने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...