समाचारदाता, काठमाडौँ / राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले ‘कविता महोत्सव’
(२०२३) आयोजना गर्ने भएको छ । उक्त महोत्सव अनेसास कविता महोत्सवको तेस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ६ शनिबार कविता महोत्सव हुने आयोजकले जनाएका छन् । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर १५ ९ भदौ २९० भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सकिने उल्लेख गरिएको छ ।
आयोजकका अनुसार विश्वका कुनैपनि मुलुकमा रहेर नेपाली भाषामा सिर्जनारत सर्जकले सहभागिता जनाउन सक्ने यस महोत्सवमा पुरस्कृत कविलाई नगदसहित सम्मान-पत्र समर्पण गरिने छ । प्रतियोगितामा प्रथम हुने एकजना कविलाई अमेरिकी डलर ५ सय, द्वितीय हुने एकजना कविलाई ३ सय र तृतीय हुने ३ जना कविलाई २/ २ सय नगद प्रदान गरिने छ ।
कविता महोत्सव (२०२३) का नियमहरू निम्नानुसार रहेका छन् ।
१. कविता नितान्त मौलिकरअप्रकाशित रअप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
२. एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।
३. कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।
४. प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।
५. म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।
६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर १५ , २०२३ कविता पठाउने ईमेलः inls.poemcontest2023@gmail.com