n
काठमाडौँ, ९ साउन / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अंकले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अंकले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको हो ।
आज २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । रिभल फल्स पावरका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।
शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज बिपिडब्लु लघुवित्त, सानिमा डिभेन्चर, सिटिजन्स बैंक लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।