# राजन दोषी
खुसीले जहर दिएर गएकी हौ
मेरो मुखमा पर्यो की परेन हेर्न त आउनु पर्थ्यो
मेरो मृत्युमा तिम्रो खुसी रहेछ
छटपटिँदै मर्यो कि मरेन हेर्न त आउनु पर्थ्यो ।
वियेगको पराकाष्ठा बनिदियो हाम्रो माया
बियोगैले आसु झर्यो कि झरेन हेर्न त आउनु पर्थ्यो
तिमी बिना सून्य छु कसम, म बाँच्दिन भनेकै हुँ
बिछोडपछि आत्माहत्या गर्यो कि गरेन हेर्न त आउनु पर्थ्यो ।
तिम्रो दरिलो साथ सगैं मायाको समुन्द्र तर्न चाहन्थे
लौरोबिना एक्लै खोली तर्यो कि तरेन हेर्न त आउनु पर्थ्यो
फुल सगैं डाली पनि भाँचेर गएकी हौ
माली बिनै कसैको बगैचामा सर्यो कि सरेन हेर्न त आउनु पर्थ्यो ।
– खोटाङ (हाल, युएइ)