- राजन दोषी
कहिल्यै खुसीका लहरहरुमा नखोज्नु मलाई भेटिदैन
प्रेमिल मिलनका प्रहरहरुमा नखोज्नु मलाई भेटिदैन ।
आफ्नै आँसुहरुले बगाउँदै टाढा पुर्याएको छ मलाई आज
तिम्रो नजिकै काँस फुलाउने बगरहरुमा नखोज्नु मलाई भेटिदैन ।
आफैँ सँग दिनदिनै हारेर अरुलाई जिताएको मान्छे हु म
जित र खुसीका खबरहरुमा नखोज्नु मलाई भेटिदैन ।
उमेरको पसलमा पसिना बेचिरहेछु यो मरुभूमिमा
टारीखेत भिजाउने नहरहरुमा नखोज्नु मलाई भेटिदैन ।
उराठीलो उजाड मरुभूमिमा सिध्याएँ जवानी मेरो
तिम्रा ती रगिंन शहरहरुमा नखोज्नु मलाई भेटिदैन ।
- खोटाङ (हाल – युएइ)