काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौमा एक भेलाको आयोजना गरी खोटाङ—काठमाडौँ सम्पर्क विभाग गठन गरेको छ ।
खोटाङ जिल्ला स्थायी घर भएका र विभिन्न पेशा व्यवसायमा संलग्न भएर काठमाडौँमा बसोबास गर्ने खोटाङेहरुको एक भेलाले रुद्र जोशीको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी, खोटाङ-काठमाडौँ सम्पर्क विभाग गठन गरेको हो । स्वतन्त्र पार्टी (रास्वपा) मा आस्था राख्ने उपत्यकाबासीले खोटाङमै बसोबास गरिरहेका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै आश्था राख्ने जिल्लाबासीहरुलाई सम्पर्क गर्ने उद्देश्यले उक्त विभाग गठन गरिएको हो ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पामा जन्मिएर काठमाडौँ क्षेत्र नं. ७ बाट निर्वाचित संघीय सांसद गणेश पराजुलीको प्रमुख आतिथ्य तथा डा. राजकुमार राईको सभापतित्वमा सम्पन्न भएको हो ।
भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ—काठमाडौँ सम्पर्क विभागको संयोजकमा रुद्र जोशी, कोषाध्यक्षमा शितल राई, सदस्सहरूमा गणेश बस्नेत, नवीन राई, सुरेन्द्र कटुवाल, गणेश अधिकारी, भिम थापा मगर, डोरेश खतिवडासहित ९ सदस्यीय समिति गठन गरेको हो ।