# सोनाम सज्जन किराँती
बिद्राहको फूलबारीमा
यानेकी दुश्साहास नरोपेकै जाती
हिम्मत हुनेहरुले
टिप्दैनन् फूल राती
कसलाई भन्ने नजाती
देश बिगारा हुन् खाटी
त्यस बिरुद्ध लड्न थापी दिन्छु छाती
बिद्रोहको फूलबारीमा
यानेकी दुश्साहास नरोपेकै जाती
काँढै काँढा उमारेर
घोच्ने हुन बदमासी
एकल फूलको आव्हानमा
समाज घुम्दैन फनफनी
चाहिएन एक्लै घ्यू चाटिरहने—
फाल्छौँ, पोल्छौँ त्यस्तो मदानी
बोलेको होईन कहीँ कतै
कसम खाएर ढाँट्दा पनि
हामीले उसलाई झुटो नमान्दा
निस्क्यो मुर्ख खुरापाती
बिद्रोहको फूलबारीमा
यानेकी दुश्साहास नरोपेकै जाती
हिम्मत हुनेहरुले
टिप्दैनन् फूल राती ।
- खोटाङ