काठमाडौँ, २७ वैशाख : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
महाशाखाले जनाएअनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
त्यस्तै राती भने देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।