Admission Open

ad place

यही वैशाख ६ गते बुधबार र ७ गते बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने

काठमाडौँ, ३ वैशाख : नेपाल सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी, अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...