काठमाडौं, १३ चैत्र : ग्लोबल टेक्नोलोजी लिडर शाओमीलेआज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरहरूका लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित रहेको छ ।
शाओमी १३ लाइट सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भन्नुभयो, “शाओमीकोलक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो । हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौँ ।”
फ्ल्यागशिप इमेजिङ प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामेराका साथ मास्टरपिस पोर्ट्रेटहरू
यस शाओमी १३ लाइटमा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको IMX766 सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरूका साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।
फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपको साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ । 32MP फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको 8MP फ्रन्ट क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्दछ । शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्दछ ।
सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउँछ । यसमा भएको २x सेल्फी जुमले क्लोजअप फोटोको ईनडेप्थ विवरणहरू खिच्न सक्षम बनाउँछ ।
अविश्वसनीय रूपमा हल्का र स्लिम डिजाइन
स्मार्टफोन उद्योगमै सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइन जारी राख्दै शाओमी १३ लाइट डिजाईन गरिएको छ । यसको 6.55’’ कर्भ डिस्प्लेले शाओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्दछ । 3D कर्भ बडी डिजाइनले सहज ह्यान्ड ग्रिप पनि प्रदान गर्दछ ।
फ्ल्यागशिप चिपसेट र टर्बो चार्जिङ प्रविधिद्वारा समर्थित
शाओमी १३ लाइटमा Snapdragon® 7 Gen 1 मोबाइल प्लेटफर्म, २०% सुधारिएको GPU कार्यसम्पादन र AL कार्यसम्पादनमा ३०% वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग सुसज्जित छ । शाओमी १३ लाइट सुधारिएको कुलिङ क्यापासिटी र डुअल फ्रन्ट क्यामेराहरूको साथ उपलब्द छ । यो स्मार्टफोन समान रूपमा शक्तिशाली 4,500mAh ब्याट्री र 67W वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म प्रयोग गर्न मद्दत गर्छ ।
जीवन्त तथा आई–केयरिंग डिस्प्ले
अविश्वसनीय डिस्प्ले टेक्नोलोजी रहेका शाओमी १३ लाइट 6.55æ AMOLED Dolby Vision® र Dolby Atmos® सुविधाहरूको साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई उच्च–इमर्सिभ भिजुअल र अडियो अनुभव प्रदान गर्दछ । 120Hz सम्मको स्क्रिन रिफ्रेस रेट र 240Hz को टच सम्प्लिंग रेटको साथ, यसको डिस्प्लेले सामग्री उपभोग र गेमिङको लागि फ्ल्यागशिप–स्तरको सहजता प्रदान गर्दछ । यसको साथै, शाओमी १३ लाइटले ६८ बिलियन रङहरू प्रदर्शन गर्न जसले सोशल मिडियामा तपाइँको मनपर्ने पोर्ट्रेटहरू ब्राउज गर्दा सही रङहरू प्रदान गर्न सक्षम बनाउँछ । प्रयोगकर्ताहरूको आँखाको सुरक्षाको लागि सनलाइट मोड र रिडिङ मोडको साथ सुनिश्चित गरिएको छ जसले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ ।
बजार उपलब्धता
लाइट ब्लू र लाइट पिंक गरि योशाओमी १३ लाइट दुई रंगमा हुनेछ भने ८+१२८जीबी र ८+२५६जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ ।
८+१२८जीबी र ८+२५६जीबी भेरियन्टको मूल्य क्रमशः ५४,९९९ र ५७,९९९ रुपैयाँ हुनेछ ।
शाओमी १३ लाइट २०७९ चैत्र १३ गतेबाट नेपालभर आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ ।
Specs
Design
|
• Dimensions: 159.2mm x 72.7mm x 7.23mm’
• Weight: 171g • Corning® Gorilla® Glass 5 front • 3D curved glass back • Colors: Lite Blue, and Lite Pink, |
Camera |
• 50MP wide angle camera • 8MP ultra-wide angle camera • 2MP macro camera • 32MP ultra-wide angle front camera • 8MP depth sensor |
Display | • 120Hz 6.55″ FHD+ AMOLED display
• Dolby Vision®, HDR10+ • Reading mode • Sunlight mode • 1920Hz PWM dimming |
Audio | • Dolby Atmos® |
Battery & Charging
|
• 4,500mAh battery (typ)
• 67W wired turbo charging • Xiaomi AdaptiveCharge |
Connectivity
|
• Dual SIM
• Supports NFC3 • Bluetooth 5.2 |