काठमाडौँ, २ चैत्र : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक/दुई स्थानमा अपराह्नतिर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाको अनुमान छ ।