काठमाडौं, २७ फागुन : भाषा, साहित्य, सङ्गीत, कला, संस्कृति र शिक्षाको विकास एवम् उन्नयन गर्ने हेतुले काठमाडौँमा स्थापित रावा सावा प्राज्ञिक समाज नेपालको ११औँ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरेको ।
नयाँ कार्यसमितिको अध्यक्षमा बम मानियाँ, वरिष्ठ उपाध्यक्षमा सुरेश हाचेकाली, उपाध्यक्षमा चन्द्र रानोहँछा, महासचिवमा भरत लिमेल मगर, सचिवमा श्रीराम राई, कोषाध्यक्षमा यम बास्तोला निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा बरिष्ठ गीतकार वीरेन्द्र राई, अम्बिका राई, महेशकुमार पुरी, कन्काइष्ट राई, रश्मी राई, डि. अनुरागी, सोनाम सज्जन किराती र नेचुरल्ली दीपक निर्वाचित भएका छन ।
उक्त समाजका भूतपूर्व अध्यक्ष गीतकार, प्राज्ञ टीका चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ भुपाल राई प्रमुख अतिथि रहनु भएको थियो । त्यसैगरी अतिथिहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, बरिष्ठ अधिवक्ता देवराज कटवाल, समाजमा संस्थापक अध्यक्ष डा. विष्णु राई, प्राज्ञ शान्तिराम राई, जगत घिमिरे, लगायत थुप्रै गन्यमान्य व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त अवशरमा समाजले विभिन्न व्यत्तित्वहरुलाई सम्मान तथा पुरस्कार वितरण समेत गरेको छ । सम्मानित हुने व्यक्तित्वहरुमा वरिष्ठ कवि, नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी तथा नेपाली भाष साहित्यको क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउनु भएका प्रल्हाद पोखरेल र बेलायतमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर सक्रिय व्यक्तित्व देबेन्द्र खेरेश हुनुहुन्छ । त्यस्तै समाजले खोटाङका प्रतिभाद्वय पञ्चकुमारी परिवार र खुक्सङ खम्बुलाई जनही २० हजार नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेको छ ।