Admission Open

ad place

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं, २५ फागुन : गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म निर्णय नलिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्णय गर्नका लागि बैठक बोलाएको छ ।

रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा निर्णय लिन आज बैठक बोलाएको हो । सो पार्टीका उपसभापति डोलप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे सो बैठक बस्नेछ ।

रास्वपा संघीय संसदमा उम्मेदवारको हकमा अहिलेसम्म कुनै पनि निर्णय नलिएको एक मात्र राजनीतिक दल हो ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...