काठमाडौँ, १५ फागुन : नेकपा सत्तारुढदल नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।
सचिवालय बैठक आज बिहान ११ बजे नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने भएको छ ।