काठमाडौँ, ८ फागुन : फागुन २५ गते हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
बैठक आज दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बस्न लागेको हो ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।