Admission Open

ad place

सिभिल र हिमालयन बैंकको एकीकृत कारोबार फागुन १२ गतेदेखि हुँदै

काठमाडौं : फागुन १२ गतेदेखि हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो ।राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो । केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो ।

हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता (१००:८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता सेयर  बराबर हिमालयन बैंकको ८० कित्ता सेयर अनुपात हुने सिभिल बैंकका मर्जर समितिले जानकारी दिएकाे छ ।  एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन् ।

यही फागुन १२ गते हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सिभिल बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । दुई बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिभिल बैंकको सेयर रोक्का हुने भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैंकले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो ।

टिप्पणिहरु
Loading...