Admission Open

ad place

एमाले अखिल अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया निर्वाचित

काठमाडौं, ५ फागुन : नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । बडालले अध्यक्षका प्रत्यासी आरसी लामिछानेलाई पराजित गरेका हुन्।

त्यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन ।
परिणाम अनुसार
अध्यक्ष : समिक वडाल
उपाध्यक्ष : गोबिन्द गिरि
उपाध्यक्ष : नारायण घर्ती
उपाध्यक्ष : धर्म गिरि
उपाध्यक्ष : मर्यादा बिस्ट
महासचिव : नरेश रोकाय
सचीव : डा. सुजन कडरिया
सचीव : प्रकाश पौडेल
सचीव : आशीर्वाद सुवेदी
सचीव : दिपेश प्रसाईं
सचीव : सन्जिव धिताल
सचीव : दिपक धामी
सचिव : मनोज ताम्ली
सचीव : अन्जना शिवाकोटी
सचीव : बिनिता काफ्ले
सचीव : आरती भट्टराई
कोषाध्यक्ष : सङ्गम अर्याल
निर्वाचन आयोग अध्यक्ष : सत्य शाही
अनुशासन आयोग अध्यक्ष : शोभा सापकोटा
लेखा आयोग अध्यक्ष : इ. सुनिल तिमिल्सिना लगायत निर्वाचित भएको नेताहरुले बताएका छन ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...