काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल विजयी भएको छ । कुशल भुर्तेलको ११५ रनको मद्दतले नेपालले नामिबिया विरुद्धको खेलमा जित निकालेको हो । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भइरहेको खेलमा कुशल भुर्तेल शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् भने नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।
ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर बनाउने दौडमा भने उनी चुकेका छन् । भुर्तेलले आज बनाएको स्कोर भन्दा ११ रन मात्र बढी स्कोर रोहित चन्दको नाममा छ ।
यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।
रोहितले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।