Admission Open

ad place

‘शितल शितल’ गीतको भिडियो सार्वजनिक

[ गायिका अस्मिता र सिएलको सहकार्यमा तयार भिडियो हेर्नुहोस् ]

काठमाडौँ : गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको स्वर रहेको शितल शितल बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो पुस्ताका चर्चित संगीतकार सिएल शर्माको संगीत, रोहित घिमिरहेको शब्द , पुष्कर खत्रीको मिक्सिगं,मास्टरिगं र एरेन्ज  रहेको सार्वजनिक गीतको भिडियो मनाङ र मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको हो ।

केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन् ।

भिडियोमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

टिप्पणिहरु
Loading...