यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई भिडियोमा रोचक तरिकाले प्रस्तुत गरिएको छ। यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्धय सागर लम्साल बले र सिम्पल खरेललाई फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।
मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।