गजल
बढेको छ ढुकढुकी भेट हुँदा तिमीसँग
शीतल हुन्छ जलन पनि रुँदा तिमीसँग
एकैपलको भेटले पनि यति खुसी दिन्छ भने
कस्तो हुन्थ्यो होला सधैँ जिउँदा तिमीसँग
दिन बित्छ छटपटीमा, रात आँसुमाथि
संसारनै शून्य लाग्छ नहुँदा तिमीसँग
ओछ्याएर खाली धर्ति, आकाश ओढे पनि
अमृत झैँ हुन्थ्यो माया पिउँदा तिमीसँग
एक्लै धुन नसकिने मन-भित्रको मैलो
कति सफा हुन्थ्यो यो दिल धुँदा तिमीसँग ।
- खोटाङ