Admission Open

ad place

‘बरको डाली’मा कृष्ण, सरिता र जुनाको त्रिकोणत्मक प्रेमकथा

काठमाडौंँ : पछिल्लो समय साङ्गीतिक क्षेत्रमा राम्रा र कर्णप्रिय लोकदोहोरी गीतको खडेरी देखिएको छ । सोही अभावलाई मध्यनजर गर्दै रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ आएको छ ।
रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जति सुन्यो सुनिरहुँ लाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्जसमेत गौतम आफैले गरेका हुन् ।

थुप्रै कोरस प्रयोग गरेर गीतको भिडियो निकै आकर्षक तवरबाट निर्माण गरिएको छ । भिडियोमा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनार, सरिता दनकुटी र जुना कार्कीको अभिनय छ ।

पोखराको विभिन्न आकर्षक लोकेसनमा छायाङ्कन भएको भिडियोमा कृष्णको सरिता र जुनासँग त्रिकोणत्मक प्रेमकथा देखाइएको छ ।

शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गणेश सापकोटाको छायाङ्कन, पदम सुवेदीको सम्पादन रहेको छ ।

टिप्पणिहरु
Loading...