काठमाडौं : नेपाल टेलिकमले आफ्नो १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘एनटी एनिभर्सरी अफर’ ल्याएको छ ।
उक्त अफर अन्तर्गत २ सयदेखि ४ सय ९९ रुपैयाँ रिचार्ज गर्दा २ जीबी डाटा प्याक र ५ सय रुपैयाँ भन्दा रिर्चाज गर्दा ८ जीबी डाटा प्याक बोनस अफर ल्याएको हो ।
त्यस्तै, २९४ रुपैयाँमा २० जीबी डाटा लिन सकिने छ । ९८ रुपैयाँमा ६ जीबी डाटा प्याक लिन सकिने भने ४९ रूपैयाँमा अनलिमिटेड डाटा प्याक र भ्यावाइस प्याक १ सय मिनेट अन नेट लिन सकिने छ ।उक्त अफर आजदेखि लागु भई माघ २९ गते सम्मका लागि लागु हुने छ ।
नेपाल टेलिकम आजबाट २० औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रुपमा भएको थियो ।
सञ्चालनमा आएको १९ वर्षको अवधि वित्दा हाल कम्पनीमा २ करोड १३ लाखभन्दा बढी ग्राहक रहेका छन् । यस्तै, आर्थिक वर्ष २०७८/ ७९ मा कम्पनीको कूल राजश्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ ।
हाल टेलिकममा फोरजी प्रयोगकर्ताको संख्या १ करोड १५ लाख ५० हजार छन् ।टेलिकमले देशभर पीएसटीएन, सीडीएमए र जीएसएम लगायतका टेलिफोन सेवा उपलब्ध गराउँदै आइरहेको छ ।