Admission Open

ad place

आजको मौसम पूर्वानुमान : गण्डकी र १ नं. प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २२ माघ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यसैगरी महाशाखाले दिउँसो भनेप्रदेश नं. १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

त्यस्तै प्रदेश नं. १ को हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ भने राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशका तराईका भू–भागमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...