काठमाडौँ, २२ माघ : रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज ११ बजे पुनः बस्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको सट्टामा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षबिहीन अवस्थामा पुगेको थियो ।
प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकबाट नयाँ निर्णय लिनेछ।