काठमाडौं, १७ माघ : मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।
त्यसैगरी रातको समयमा भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।