Admission Open

ad place

प्रहरी हिरासतबाटै ६ जना थुनुवा फरार

काठमाडौँ, १६ माघ : धनुषा प्रहरीको हिरासतबाट ६ जना थुनुवा फरार भएका छन्।

ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना थुनुवा फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र अभद्र व्यवहारका दुईजना गरी ६ जना थुनुवा राति हिरासत तोडेर फरार भएका हुन्।

उनीरुको तीव्र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। (रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...