
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१२ फाल्गुन २०८१, सोमबार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौं : चीनमा पछिल्लो एक महिनामा मात्रै करिब ६० हजार जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
उनीहरुका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो ।
सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहुँ हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।