काठमाडौँ : गायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “को भिडियो सार्वजनिक भएको छ । मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गीतमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ । चोखो मायामा घात गरे पाप लाग्ने कुरा गप्तमा देखाउन खोजिएको छ ।
राजु बिरही सापकोटाको शब्द-संगीतमा रहेको सो गीतमा अभिनय पनि स्वयं सापकोटा र जुना कार्कीको रहेको छ भने भिडियोलाई कोरियोग्राफी राजाराम सिम्खडा र निर्देशन मिलन श्रेस्ठले गरेका हुन। सन्तोष चौलागाइले छायाकन गरेको उक्त गीत रोशन धितालले सम्पादन गरेका हुन भने गीतलाई मिलन फिल्मस प्रालीबाट सार्वजनिक गारिएको छ।