Admission Open

ad place

दाहाललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न कांग्रेसको पदाधिकारी बैठक

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाललाई  विश्वासको मत दिने वा नदिने निर्णय गर्न कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ।पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ। यस अघि विहान ९ बजे संसदीय दलको बैठक बस्ने भने पनि पदाधिकारी बैठक लम्बीएकाले संसदीय दलको बैठक ढिलो हुनेछ।

पदाधिकारी र संसदीय दलको बैठकको  निर्णय पछि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाललाई  कांग्रसले विश्वासको मत दिने वा नदिने थाहा हुनेछ। दाहाल पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका हुन।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दाहालले आज विश्वासको मत लिन लागेका हुन्।

यसअघि दाहालले  सोमबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए। देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए। (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...