काठमाडौं, २६ पौष : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
प्रचण्ड नेतृत्वको नयाँसरकारले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत नपुगेपछि यही पौष १० गते नेकपा एमाले लगायत सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री नियुक्त हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई १६९ सांसदले समर्थन गरेका थिए ।