काठमाडौं, २५ पौष : २०७९ साल मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट बनेको नयाँ संसदको पहिलो बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्न लागेको हो ।
नयाँ संसदको पहिलो बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । राणाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गर्ने कार्यक्रम रहेको छ ।