Admission Open

ad place

हेर्नुहोस्, कस्तो रहनेछ आजको मौसम !

काठमाडौं, २५ पौष : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको छ भने पहाडी क्षेत्रमा मौसम बदली भएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो ।

त्यसैगरी दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको आकलन गरिएको पनि महाशाखाले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...