काठमाडौँ, २४ पौष : साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार हरियो भएरै बन्द भएको छ ।
आज नेप्से परिसूचक २०.६८ अंकले वृद्धि भई २१६४.६१ विन्दुमा पुगेको छ ।
अघिल्लो साताको अन्तिम बारोबार दिन बिहीबार पनि सेयर बजार १८.०९ अंकले बढेर बन्द भएको थियो ।
आज २५९ कम्पनीका १ करोड ४१ लाख ९८८ शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ कारोबार भयो।
कारोबार रकमका आधारमा आज हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढि मूल्यको सेयर कारोबार भयो।यस्तै शिवम् सिमेन्ट र रिद्धी हाइड्रोपावर क्रमश १९ करोड र १५ करोडको सेयर कारोबार गरी दोस्रो र तेस्रो स्थानमा रहे।