Admission Open

ad place

आजको मौसम : पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १८ पौष : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। सोही कारण देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ ।

त्यस्तै दिउँसो प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ भने मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...