Admission Open

ad place

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ पौष : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्मिएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

त्यस्तै राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...