Admission Open

ad place

सेयर बजारमा हरियाली, नेप्से ५६.८८अंकले बढ्दा २ अर्ब ८६ करोड कारोबार

काठमाडाैं : बुधबार घटेको नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहीबार भने बढेको छ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक ५६ दशमलब ८८ अंकले बढेको हो ।

बिहीबार बजार ५६ दशमलब ८८ अकं बढेर २०२९दशमलब ०३ मा उक्लिएको छ। बिहीबार बजार परिसूचक २दशमलब ८८ प्रतिशतले बढेको छ।

आज २५७ कम्पनीको २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ८० लाख २४ हजार ५५९ कित्ता सेयर ४५ हजार ९४४ पटकमा खरिद बिक्री भएको छ ।

आज सबै उपसमूह बढेका छन् । बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बीमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र ब्यापार उपसमूह ४७ अंक बढे । २०८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ को घट्यो । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढ्यो ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, रिडी पावर, एनआईसी एसिया बैंक र नबिल बैंक क्रमशः अगाडि रहे ।

हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशत बढ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...