काठमाडौँ, २४ मङ्सिर : तुलसीमान श्रेष्ठ स्मृति समाजले आज वरिष्ठ साहित्यकार तुलसी दिवशलाई सम्मान गरेको छ । समाजले स्व. तुलसीमान श्रेष्ठको छैटौँ स्मृति सभा तथा लोक साहित्य सम्मान कार्यक्रमको आयोजना गरी दिवशलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी रु २५ हजार ५ रहेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति रावबरण यादब हुनुहुन्थ्यो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो ।