Admission Open

ad place

बुद्धिसागरको नयाँ उपन्यास ‘एक्लो’ सार्वजनिक

काठमाडौँ, २४ मङ्सिर : ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यासबाट निकै ख्याती कमाएका लेखक बुद्धिसागर चपाईँको अर्को नयाँ उपन्यास ‘एक्लो’ आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक गरिएको छ । बुद्धिसागरले आफ्ना पाठकमध्येबाट गोलाप्रथागरी १० जना भाग्यमानी पाठकबाट ‘एक्लो’ सार्वजनिक गराएका हुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा कोही अतिथि, प्रमुख अतिथि बनाईएको थिएन र बक्ता पनि कोही थिएनन् । खाली लेखक र पाठककावीच सम्पन्न भएको कार्यक्रममा कहलिएका लेखकदेखि सिकारुसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

फाईन प्रिन्टले प्रकाशन गरेको एक्लो उपन्यासको मुल्य रु ८४० राखिएको छ भने आज विशेष छुटसहित रु ७०० मा उपलब्ध गराईएको थियो ।

एकदमै छोटो सार्वजनिक कार्यक्रमपछि एक्लो किनेर लेखकको हस्ताक्षर गराउन पाठकको लामै लाम लागेको थियो ।
कार्यक्रममा लेखक बुद्धिसागरले बाटोमा भेटिएका र अन्य ठाउँमा भेटिएका आफ्ना पाठकले दिएका प्रतिक्रियालाई कलात्मकरुपमा सुनाएका थिए ।

टिप्पणिहरु
Loading...