Admission Open

ad place

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बदलीको सम्भावना

काठमाडौँ, २१ मङ्सिर : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।

बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

तराईमा हुस्सु लाग्न थालेको छ । साथै देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...