काठमाडौं : नेपाली बजारमा लगातार बढी रहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको छ । मंगलबार छापावाल सुन तोलाको ६ सय रुपैयाँले घटेको छ ।
मंगलबार तोलामा ६ सयले घटेर छापावाल सुन मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियोे ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँमा काराेबार भइरहेको छ । तेजाबी सुनको मूल्य सोमबार दिन प्रतितोला ९९ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३५ रुपैयाँले घटेर आज १ हजार ३ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।