
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
१३ फाल्गुन २०८१, मंगलवार
नेपाली माला - खबरै खबरको माला, नेपाली माला
काठमाडौँ, १८ मङ्सिर : हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।
सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक-दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।