काठमाडौं, २९ कात्तिक : सेयर बजारमा सोमबार दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक मंगलबार घटेको छ । सोमबार २१ दशमलव २९ अंकले बढेको नेप्से परिसूचक मंगलबार भने ६ दशमलव ५९ अंकले घटेको छ ।
नेप्से आज ६ दशमलव ५९ अंकले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ।मंगलबार २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ सेयर किनबेच हुँदा १ अर्व २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ कारोबार भएको छ ।
आज विकास बैंक ४५, फाइनान्स २५, होटल २१, जलविद्युत् १८, जीवन बीमा ११, उत्पादन ६४, माइक्रोफाइनान्स २५ र अन्य उपसमूह ६ अंक घटे । बैंकिङ १, जीवन बीमा ७ र ब्यापार उपसमूह ५ अंक बढे । कुल ४३ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ९ को स्थिर रह्यो ।पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनीका कारोबार बढ्यो ।साथै तारागाउँ रिजेन्सी तथा सिक्लेस हाइड्रोको मूल्य ८ प्रतिशत घट्यो ।