काठमाडौं, २६ कात्तिक : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज शनिबार चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम जाने कार्यक्रम रहेको छ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छन् ।
ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा एमालेद्वारा आयोजित सुदूरपश्चिमका दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई ओलीले १८ कात्तिकमा सम्बोधन गरिसकेका छन् ।