काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढ्को छ । बिहीबार स्थिर रहेको छापावाल सुन शुक्रबार भने तोलामा १ हजार ३ सयले बढेको छ ।
तोलामा १३ सय रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदी प्रतितोलाको १२ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।