Admission Open

ad place

आजको मौसम पूर्वानुमान : देशभरका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं, १७ कात्तिक : मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशभरका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

त्यसैगरी १८ गते शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ भने राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको पनि महाशाखाको पूर्वानुमान रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...