Admission Open

ad place

नेपालमा पश्चिमी वायुको प्रभाव, आंशिकदेखि सामान्य बदली र वर्षाको सम्भावना

काठमाडौँ, १२ कात्तिक : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

आज प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ, भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाको छ, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...