Admission Open

ad place

‘दीगो सडक र सुरक्षित यातायातमार्फत पर्यटन र समृद्धि’

पोखरा : दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिकलगायत क्षेत्रका सय जना भन्दा बढी व्यक्तिहरुको सहभागितामा कार्यक्रम भएको हो । पोखरा उद्योग वाणिज्य संघ र आर्थिक आवाज अनलाइनको आयोजना, नासा फाउण्डेसन नेपाल, बाबा फाउण्डेन र नबिल बैंकको सहकार्यमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआइए), ग्लोबल रोड सेफ्टी एनजिओ एलाइन्स तथा नासा नेपालको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...